Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनबाट आईएससीको नक्कली शैक्षिक प्रमाणपत्र भएका विद्यार्थी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।

सीआईबी गएराति चितवनबाट एमबीबीएस अध्ययनरत विद्यार्थी नसिम अख्तरलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार पक्राउ परेका अख्तरलाई चितवनबाट काठमाडौं ल्याइदैछ ।

उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ ।

एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट एमबीबीएस पास भएको सर्टिफिकेट पेस गरेको बुझिएको छ । उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077