महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–१० कुतियाकवर सीमा बस्ती र आफ्नो भूमि जोगाउन पहल गर्ने बताएका छन् ।
बाढी र डुबानको चपेटामा रहेको कुतियाकवर सीमा बस्तीको स्थलगत अनुगमनका क्रममा बिहीबार पूर्वमन्त्री लेखकले यस्तो बताएका हुन् ।
उनले नेपाल–भारत सीमासित जोडिएको भूमि भएकाले भूमि जोगाउनका लागि पनि तटबन्ध निर्माण अति आवश्यक रहेको बताए ।
महाकाली र जोगबुढा नदीको किनारको बस्ती भएकाले कुतियाकवर बाढी र कटानको समस्याबाट ग्रसित रहेको उनको भनाइ छ ।
विसं २०२२ देखि बसोबास रहेको कुतियाकवरमा हाल ४२ परिवारको बसोबास रहेको छ ।