Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका १२ एसपी एसएसपीमा बढुवा सिफारिस, को-को परे ? [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरीका १२ प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालयले बिहीबार सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त १२ जना सशस्त्र प्रहरी उपरीक्षकको बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सूची अनुसार राजेश उप्रेती, गंगाराम श्रेष्ठ,रविन राज कर्णजीत,भरत खनिया, नेत्र बहादुर कार्की,रमेश कुमार पाण्डे, विकाश घिमिरे, तिर्थराज पौडेल, जहर सिंह बुढा मगर, नरेन्द्र बम,सूर्य बहादुर सेन ओली र तेज प्रसाद पोखरेललाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

बढुवा सिफारिसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी उपरीक्षकहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077