Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस नेता प्रदीप गिरिको स्मृतिमा काठमाडौंदेखि काशीसम्म यात्रा गरिने

काठमाडौं । नेपाली कांग्रेसका नेता स्व.प्रदीप गिरिको पहिलो स्मृति दिवसको अवसरमा काठमाडौंदेखि काशीसम्म यात्रा गरिने भएको छ ।

स्व नेता गिरिको स्मृतिमा काठमाडौंदेखि काशीसम्म प्रदीप गिरि स्मृति लोक एवम् लोकतन्त्र सेतु गाथा हुने भएको हो ।

चार दिवसीय कार्यक्रम अन्तर्गत भदौ २ गते बिहान काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं-काशी यात्राको उद्घाटन गर्ने र यात्रीहरूको बिदाई गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

यात्राका क्रममा विभिन्न स्थानमा श्रद्धाञ्जली सभा पनि आयोजना गरिनेछ।

यात्रा समापन हुने वाराणसीस्थित गंगा नदीमा प्रदीप गिरिको अस्तु विसर्जनपछि वनारस हिन्दु विश्वविद्यालयमा श्रद्धाञ्जली सभा आयोजना गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077