Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

माओवादी उपमहासचिव पुनले भने - नेपालमा केही हुँदैन भन्ने होइन, गरे हुन्छ भन्ने भाष्य स्थापित गर्नुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले स्वदेशमै अवसर सृजना गरी योग्य श्रमशक्ति पलायनको चक्रलाई रोक्नुपर्ने बताएका छन् ।

मुलुकको आर्थिक विकासको मोडल र विकास कार्यक्रममा बोल्दै उपमहासचिव पुनले श्रम शक्तिको निर्यात नभई श्रम शक्तिको स्वदेशमै उपयोग गर्ने नीतिमा जान ढिलाई भइसकेको बताएका हुन्।

उपमहासचिव पुनले औद्योगीकरणमार्फत रोजगारी सिर्जना गरेर कामका लागि युवा विदेशिने क्रम रोक्नुपर्ने बताए।

उपमहासचिव पुनले भने,‘औद्योगिकीकरणमार्फत उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने कार्यक्रममा जोड दिनुपर्छ। श्रम शक्तिको निर्यात होइन, श्रमशक्तिको स्वदेशमै उपयोग गर्ने नीतिमा जान ढिलाई भइसकेको छ।’

उपमहासचिव पुनले कमजोर व्यवस्थापन, सुशासनको अभाव, उपयुक्त नीति र अनुगमनको अभावमा धरासायी बन्दै गएका सार्वजनिक संस्थान बचाउन सरकारको ध्यान जानुपर्ने उल्लेख गरे।

पुनले नेपालमा केही पनि हुँदैन भन्ने गलत भाष्य स्थापित हुन खोजेको भन्दै गरे के हुँदैन भन्ने आत्मविश्वास जगाउन जरुरी रहेको बताए। उनले स्वदेशमै पर्याप्त रोगजारीको अवसर वृद्धि नगरी समाजवादमा जान सम्भव नरहेको स्पष्ट गरे।

कार्यक्रममा विज्ञहरूका साथै माओवादी केन्द्रका ३३ वटै विभागबाट दुई-दुई जनाका दरले प्रतिनिधित्व थियो । अन्तरक्रियामा आएका सुझाव समेटेर छिट्टै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाइने माओवादी आर्थिक तथा योजना विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077