काठमाडौं । सशस्त्र प्रहरीका १४३ जना सहायक निरीक्षकलाई नायब निरीक्षक (सई) मा बढुवा सिफारिस गरिएको छ ।
बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले साधारण समूह, साधारण उपसमूहका १४३ जना असईलाई नायब निरीक्षक (सई) मा बढुवाको सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (घ) बमोजिम उनीहरुको सरुवा गरिएको बढुवा समितिको सचिवालय हलचोकले जनाएको छ ।
बढुवा सूची अनुसार कर्ण बहादुर धामी, कुश बहादुर डांगी, परमानन्द नाथ, बोम बहादुर रोका लगायतका व्यक्तिहरु रहेका छन् ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी सहायक निरीक्षकहरुले सो नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।