Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह मन्त्रालयले गर्‍यो चार सीडीओको सरुवा, चितवनमा थापा [सूचीसहित]

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ ।

मन्त्रालयले मंगलवार गरेको निर्णयानुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका सीडीओ फेरिएका हुन् ।

सप्तरीका सीडीओ भूपेन्द्र थापालाई चितवन सरुवा गरिएको छ भने चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ ।

नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएर पठाइएको छ ।

त्यस्तै,धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077