Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसले भन्यो – सुन तस्करीको छानबिन सीआईबीबाटै टुंग्याउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरण राज्यका निकायबाट हुने निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले यसमा सरकारी निकायले नै प्रभावकारी छानबिन गर्नुपर्ने बताए ।

प्रमुख सचेत लेखकले भने,‘सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेका छन् । सरकारले थप तदारुकताका साथ गरोस् भन्ने बैठकको निर्णय छ ।'

न तस्करी प्रकरणमा जुन सुकै व्यक्ति संलग्न भेटिएपनि हदैसम्मको कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

सरकारका महत्वपूर्ण निकायको निगरानी हुने ठाउँमा सुन तस्करीजस्ता गैरकानूनी कार्य भइरहेकोप्रति कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077