Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महराबारे प्रष्ट पार्न सीआईबीलाई गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन प्रकरणमा नाम मुछिएएका पूर्वसभामुख कृष्णबहादुर महरामाथि सीआईबीले प्रभावकारी छानबिन गर्नुपर्ने बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठकमा सोमबार धारणा राख्दै महामन्त्री थापाले महरामाथि छानबिन गर्न माग गरेका हुन् ।

महामन्त्री थापाले भने, ‘हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरु छन्, ती सबैको फाइल खोलौं, अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्, तर दोषी छ भने जुनसुकै दलको होस्, नेता होस्, नाता होस्, सांसद होस् मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन।’

सुन तस्करीको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महराबारे केन्द्रीय अनुसन्धान ब्युरोले स्पष्ट पार्नुपर्ने महामन्त्री थापाको भनई छ ।

माओवादीको पदाधिकारी बैठकले महरालाई सुन तस्करी प्रकरणबारे स्पष्ट पार्न भनेको प्रति आपत्ति जनाउँदै महामन्त्री थापाले सीआईबीले यसबारे प्रष्ट पार्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077