Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नक्कली डाक्टर भएको आरोपमा पक्राउ परेका रञ्जित यादव रिहा

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर पक्राउ गरेका एक डाक्टर शैक्षिक प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटेका छन् ।

साउन २५ मा ब्यूरोले महोत्तरीको पिपरा–८ घर भएका डा. रञ्जित कुमार यादवलाई काठमाडौंबाट पक्राउ गरेको थियो । तर, डा.यादव सक्कली चिकित्सक भएको पुष्टि भएपछि रिहा भएका हुन् ।

नेपाल मेडिकल काउन्सिलले पठाएको प्रमाण पत्रका आधारमा उनलाई पक्राउ गरिएको थियो ।कांग्रेस सांसद सुनिल शर्मासहितका डाक्टरहरुलाई सीआईबीले पक्राउ गरेको थियो ।

भोलिपल्ट जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राख्न अनुमति दिएन । अरुलाई भने हिरासतमा राख्न अनुमति दिएको थियो । यादव छुटेसँगै प्रकरणमा अब ६ जना सीआईबी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077