Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै, सांसदहरुले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । सांसदहरुले बोल्ने क्रम नसकिएकाले गत शुक्रबारदेखि जारी बैठक आज सकिन लागेको हो ।

बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ । गत शुक्रबारदेखि जारी दलको बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभा सांसदहरुले बोल्ने क्रम जारी रहेको छ ।

बैठकमा सरकारका कामकारबाही, सुन तस्करीलगायत पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा सांसदहरूले आफ्नो धारणा राखेका थिए ।

१०० किलो सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने धारणासमेत सांसदहरूले राखेका थिए ।सांसदहरूले मोरङका सांसद सुनिल शर्मा पक्राउको विरोधसमेत गरेका छन् ।

आइतबारसम्म ५४ सांसदहरुले आआफनो धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरुले धारणा राख्ने छन् । कांग्रेसमा प्रतिनिधि र राष्ट्रियसभा गरी ९७ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077