Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमतबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहको शपथ आज

काठमाडौं । जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहको आज शपथ हुने भएको छ ।

नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त हुने भएकी हुन् ।

आइतबार बसेको माओवादीको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

जनमतबाट नयाँ मन्त्री बन्ने भएपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमवार बिहान १० बजेलाई शपथग्रहणको कार्यक्रम तय भएको छ ।

साहले सामान्य प्रशासन नै पाउने या अन्य भन्नेबारे निश्चित भइसकेको छैन ।

जनमतले एक महिनाअघि नै प्रधानमन्त्री पु ष्पकमल दाहाल'प्रचण्ड'लाई मन्त्री बनाउन नाम पठाए पनि आइतबार मात्र यसबारे निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077