Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिआईबीलाई सरकारी वकिल कार्यालयको निर्देशन - डा. यादवलाई तुरुन्तै रिहा गर्नू

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली डाक्टर भनेर पक्राउ परेका सक्कली डाक्टर रञ्जितकुमार यादवलाई तुरुन्तै रिहा गर्न निर्देशन दिएको छ ।

‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सक्कली डाक्टर यादवलाई पक्राउ गरेको खुलेपछि छोड्न निर्देशन दिएको हो ।

यसरी सक्कली डाक्टरलाई नै नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रविरुद्ध चलाएको अपरेशनमा पक्राउ गर्नुलाई संकास्पद रुपमा हेरिन थालेको छ ।

प्रहरीले गत बिहीबार नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र प्रयोग गरी चिकित्साअभ्यास गरेको अभियोगमा आठ चिकित्सकलाई पक्राउ गरेको थियो । जसमध्ये महोत्तरीको पिपरा– ८ का डा. रञ्जितकुमार यादव पनि रहेका थिए । रञ्जित कुमार यादव नाम गरेका अर्का नक्कली डाक्टरलाई पक्राउ गर्नुपर्नेमा सीआईबीले नक्कली भन्दै सक्कली डाक्टर यादवलाई पक्राउ गरेको खुलेको हो ।

नेपाल मेडिकल काउन्सिलले यादव सक्कली डाक्टर रहेको भन्दै आज सीआईबीलाई पत्र पठाइसकेको छ । त्यस पश्चात् वकिल कार्यालयका प्रमुख सहन्यायधिवक्ता अच्युतमणि नेउपानेले डा. यादवलाई तुरुन्तै हिरासत मुक्त गर्न सिआईबीलाई निर्देशन दिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077