Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सीआईबीको मनपरी, नक्कली भन्दै सक्कली डाक्टर पक्राउ

    सीआईबीको मनपरी, नक्कली भन्दै सक्कली डाक्टर पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 3.1K
    SHARES

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) नक्कली डाक्टर भनेर सक्कली डाक्टरलाई पनि पक्राउ गरेको रहस्य खुलेको छ । ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान गरिरहेको सीआईबीले सक्कली डाक्टरलाई समेत पक्राउ गरेको खुलेको हो।

    सीआईबीले एसएलसी र प्लस टुका मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका नक्कली डाक्टरहरुमाथि अपरेसन चलाइरहेको छ । सोही अपरेसन अन्तर्गत सक्कली डाक्टर पनि परेपछि सिआईबी यतिबेला ती डाक्टरलाई सुटुक्क छाड्ने तयारीमा रहेको स्रोतको दावी छ ।



    साउन २५ गते सीआईबीले चलाएको अपरेसनको क्रममा अहिलेसम्म आठ जना पक्राउ परेका छन् । तर, सुरुमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मा छुटिसकेका छन् । जिल्ला अदालत काठमाडौंले ‘शर्मालाई हिरासत बाहिर राखेर अनुसन्धान गर्नु’ भनेर आदेश दिएपछि अहिले ७ जना सीआईबीको हिरासतमा छन्।



    सिआईबीले नक्कली डाक्टर भन्दै साउन २५ गते पक्राउ गरेको पिपरा गाउँपालिका–८ घर भएका डा रञ्जित कुमार यादव सक्कली डाक्टर भएको पाइएको छ । रञ्जित कुमार यादव नाम गरेका अर्का नक्कली डाक्टरलाई पक्राउ गर्नुपर्नेमा सीआईबीले नक्कली भन्दै सक्कली डाक्टर यादवलाई पक्राउ गरेको खुलेको हो।

    नेपाल मेडिकल काउन्सिलले यादव सक्कली डाक्टर रहेको भन्दै आज सीआईबीलाई पत्र पठाइसकेको छ । मेडिकल काउन्सिलले नक्कली र सक्कली दुवै जनाले जनकपुरमा पढेको जनाएको छ ।

    ३ दिनसम्म हिरासतमा बसेपछि सक्कली रहेको खुलेपछि यादवलाई भने सीआईबीले सुटुक्क रिहा गर्ने प्रक्रिया अघि बढाएको छ। यसबारे सोधपुछ गर्न सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीलाई फोन गर्दा उनको फोन उठेन ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार