Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेनको कविता -तिमीलाई प्रचण्ड मनपर्छ, मलाई गोली मन पर्दैन !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कविता लेखेका छन् ।

मेयर बालेनले शनिबार सामाजिक सञ्जालमा मलाई नेता मनपर्दैन भन्दै कविता लेखेका हुन् ।

मेयर बालेन कामका कारण जति चर्चामा छन् त्यो भन्दा कम छैनन् सामाजिक सञ्जालका कारण ।

मेयर बालेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम उल्लेख गर्दै व्यङ्ग्यात्मक कविता लेखेका छन् ।

यस्तो छ उनको कविता –

मलाई नेता मनपर्दैन ,
तिमीलाई नि त मनपर्दैन ,
मलाई एउटा मन पर्दैन ,
तिमीलाई यी त मनपर्दैन ,
तिमीलाई के पि ओलि मनपर्छ ,
मलाई बोली मन पर्दैन ,
तिमीलाई शेर बहादुर मन पर्छ ,
मलाई टोली मन पर्दैन ,
तिमीलाई प्रचन्ड मनपर्छ ,
मलाई गोली मन पर्दैन ।
शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।
मलाई देश मनपर्छ ,
तिमीलाई के मनपर्दैछ ?

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077