Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचित जनप्रतिनिधिहरूको मूल्यांकन गर्न मतदान

धनुषा । जनमत पार्टीले स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिहरुको काम कारवाहीको मूल्यांकन गर्न निर्वाचन गराएको छ ।

स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको अनुमोदन मूल्यांकन अर्थात एप्रूभल रेटिङका लागि विभिन्न स्थानीय तहमा मतदान गराएको हो ।

जनप्रतिधिकिो मूल्यांकनका लागि १० हजार भन्दा बढी मतदाता रहेका छन् । ‘राइट टु रिकल’ अन्तर्गत निर्वाचित जनप्रतिनिधिहरु जनताको चाहना अनुसार काम गरेकोरनगरेको मूल्यांकनका लागि पहिलो पटक मतदान हुन लागेको जनमतले बताएको छ ।

एप्रुभल रेटिङ्गको मतदानका लागि जनमत पार्टी केन्द्रीय समितिले २६ जना निर्वाचन अधिकारी खटाइएको छ । निर्वाचनमा सम्बन्धित वडाका पार्टी सदस्यलाई मतदाता कायम गरिएको छ ‌।

स्थानीय जनप्रतिनिधिहरुको मतदान गराएर मूल्यांकन गराउने अभ्यास नेपालमै पहिलो पटक हुन लागेको जनमत पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077