Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सूर्य थापाले भने - गृहमन्त्रीले सिआइबीको नांगो दुरुपयोग गरे, क्वीन्टल सुन ल्याउने माछालाई किन उन्मुक्ति ?

काठमाडौं । । नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिआइबीको नांगो दुरुपयोग गरेको आरोप लगाएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत सांसद थापाले सो आरोप लगाएका हुन् ।

गृहमन्त्री र अर्थमन्त्रीले क्वीन्टल सुन तस्करीको संरक्षण गरेको हुँदा अविलम्ब राजीनामा दिनुपर्ने माग संसदमा गुञ्जायमान पारेका सत्तापक्षका सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको कथित प्रपञ्च तयार गरी गिरफ्तार गरेको सिआइबीले गृहमन्त्रीको आदेश र आग्रहमा ज्यादती गरेको अदालतको आदेशबाट पुष्टि भएको उनले बताए ।

श्रेष्ठलाई संसदको निर्णयमा उच्चस्तरीय समिति गठन गर्न गाह्रो परेको आफ्नो इच्छा, संकेत र आदेशमा यस्तै हिसाबले चल्ने हवल्दारी निकायको आड, भरोसा र साथ चाहिएर नै तमामखाले नक्कली अभिनय र स्टन्टबाजी गरिरहेको समते उनको आरोप छ ।

उनले प्रश्न गर्दै भनेका छन्, 'कान्तिपुरले पहिलो पृष्ठमा अनुसन्धान प्रतिवेदनका अंश छापिरहेको भनिएका कतिपय माओवादी नेताहरूलाई गिरफ्तार नगरेर इलेक्ट्रिक सिगरेड (भेप) मार्फत २०७९ माघ अन्तिम साता भएको साढे नौं केजी सुन तस्करीका दोषीमाथि अनुसन्धान गर्न सिआइबी कसको आदृश पर्खेर किन बेखबर बसिरहेको छ ?

सिआइबीले मन्त्री र सरकारका आलोचकलाई हदम्याद गुज्रिएको विषयमा बिजुली गतिमा गिरफ्तारी र हतकडी लगाउने तर क्वीन्टल नभएर केजी सुन ल्याउन सक्रिय भुरा माछालाई किन उन्मुक्ति दिइरहेको छ ?'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077