Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री श्रेष्ठको 'स्टन्टबाजी' र पदको दिनगन्ती सुरु भयो, अनुनयविनय गर्न थालिसकें : सूर्य थापा

काठमाडौं । नेकपा एमाले सांसद सूर्य थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको 'स्टन्टबाजी' र पद दुबैको दिनगन्ती सुरु भएको बताएका छन् । कांग्रेस सांसद सुनिल शर्मा रिहापछि शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो कुरा बताएका हुन् ।

उनले गृहमन्त्री श्रेष्ठ हारगुहार गर्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास धाएर अनुनयविनय गर्न थालिसकेको बताए । खासमा गृहमन्त्री पद उनलाई बोकाको मुखमा कुभिण्डोजस्तै उभिन्डो हुन पुगेको स्पष्ट भएको उनको भनाई छ ।

'सांसद सुनिल शर्माले उनको प्रतिशोधपू्र्ण सत्ता दुरुपयोगको हर्कतमा गतिलो चड्कन च्यूरा खुवाइसकेको स्पष्टै छ,' उनले भने, 'काठमाडौं जिल्ला अदालतले सांसद शर्मालाई हत्कडी र हिरासतबाट आजै रिहाइ गरेर नारायणकाजीलाई शक्तिको दुरुपयोगमा हत्कडी लगाउनुपर्ने सन्देश दिएको छ ।

खासमा जनमत बेगरका नारायणकाजी निर्लज्जतापूर्वक 'उत्तर कोरिया' र 'पाकिस्तान'को मोडेलमा सत्तादुरुपयोग र भजनमण्डली परिचालनामा सक्रिय रहेको पोल नराम्रोसँग खुलेको उनले बताए ।

सांसद थापाले प्रश्न गर्दै भने, 'उनले प्रतिनिधिसभामा आएर सुनिल शर्मासहित जननिर्वाचित सांसदहरूसँग अब कसरी नजर जुधाउन सक्लान् ? नैतिकहराम कदमको विचरा परिणाम ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077