Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक लोत्से हलमा

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।

शुक्रबार दिउँसो १:४५ बजेबाट नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक सुरु भएको हो ।

अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक, नयाँ विधेयकका सन्दर्भमा छलफल गर्न बैठकको एजेन्डा रहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै निरन्तर सदन अवरोध गर्दै आइरहेको छ ।

संसद खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पटक-पटक छलफल गर्दा पनि कुरा मिलेको छैन ।

यस्तै, बैठकमा पार्टीका सांसद सुनिल शर्मा पक्राउको विषयमा पनि छलफल हुने जनाइएको छ । सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077