Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलसँग सभामुख र राष्ट्रियसभा अध्यक्षले गरे भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।

उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान १० बजेदेखि आधा घण्टा छलफल गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै लगातार सदन अवरोध गर्दै आएको छ। भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुलाउन भएगरेका प्रयासबारे जानकारी लिएका छन् ।

सभामुख र राष्ट्रियसभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिको सहयोगको अपेक्षा राखेका थिए । राष्ट्रपति पौडेलले हिजोमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए ।

एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर संसद अवरोध गर्दै आएको छ । तर, सरकार सरकारी निकायले नै छानबिन गरिरहेको भएकाले तत्काल अर्को समिति बनाउने पक्षमा छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077