Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका ७३ सई इन्स्पेक्टरमा बढुवा सिफारिस [नामावली]

काठमाडौं । ७३ जना सशस्त्र प्रहरी नायव निरीक्षक (सई) लाई सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको बिहीबार बसेको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो । शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (ग) बमोजिम उनीहरूलाई बढुवा गरिएको बढुवा समितिले जनाएको छ ।

बढुवा सूची राजकुमार श्रेष्ठ, डिलाराम फूल्जेल, कमल के.सी., वीरवहादुर वड, आसकुमार कुमाल लगायत ७३ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब निरीक्षकहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए वमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

हेर्नुहोस् सूची–

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077