काठमाडौं । सशस्त्र प्रहरीका तीनजना इन्स्पेक्टर सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले सशस्त्र प्रहरी प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका तीन इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागी सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा सुसील थापा, दोस्रोमा जीवन राई र तेस्रोमा सुरज भट्ट रहेका छन् ।
बढुवा बुधबारले बिहीबार प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बढुवा सिफारिस गरिएको जनाएको छ । बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।