Online Nepal
  • आइतबार, २१ पुष २०८१
  • गौर हत्याकाण्डबारे बाबुराम भट्टराईको प्रश्न -सरकारले पीडितलाई न्याय दिने हिम्मत राख्ला ?

    गौर हत्याकाण्डबारे बाबुराम भट्टराईको प्रश्न -सरकारले पीडितलाई न्याय दिने हिम्मत राख्ला ?

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गौर हत्याकाण्डबारे केही गर्न नसकेको भन्दै दुख व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जालमा लेख्दै भट्टराईले चाहेर पनि गौर हत्याकाण्डबारे केही गर्न नसकेको बताएका हुन् ।



    भट्टराईले लेखेका छन्,‘गौर हत्याकाण्डको आन्तरिक र बाहृय जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसबारे पीडित आन्दोलकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न । शान्ति प्रक्रिया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर पनि यसबारे (गौर हत्याकाण्डबारे) केही गर्न नसकेकोमा आत्मालोचित छौं ।’



    गौर हत्याकाण्ड राज्यविरूद्धको विद्रोहको क्रममा घटेको घटना नभएको पनि उनले बताए । सरकारले १७ वर्षअघि भएको उक्त हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति गरे पनि त्यसको कार्यान्वयनमा हुनेमा उनको आशंका छ ।

    बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ । यसको जवाफ भविष्यले बताउने पनि उनले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार