काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुन तस्करी प्रकरणको छानविनको लागि निगरानी राख्ने जिम्मेवारी संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।
उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग उठिरहेका बेला मंगलबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक लेखकले यस्तो प्रस्ताव गरेका हुन् ।
सो सुन प्रकरण छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्ष एमालेको अडान छ ।
राज्यका स्थायी निकायहरुलाई छानविन गर्न दिने तर त्यसमाथि पनि अनुसन्धान गर्न र आवश्यक निर्देशन दिन सक्नेगरी सो कामको जिम्मेवारी राज्य व्यवस्था तथा सुशासन समितिलाई दिन उपयुक्त हुने उनको भनाई छ ।