Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदर्शनकारीमाथि कुटपिट प्रकरण : गृह मन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं टेकु अगाडि प्रदर्शनकारीमाथि कुटपिट भएको विषयमा छानबिन समिति बनाएको छ ।

मगर तथा तामाङ समुदायले अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्नुपर्ने मागसहित यही साउन १७ गते प्रहरी परिसर अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले प्रदर्शनीमाथि कुटपिट गरेको थियो । सोही विषयमा गृहले छानबिन समिति गठन गरेको हो ।

तर सो छानबिन समितिमा को को छन् भन्ने खुलिसकेको छैन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभामा बोल्दै प्रहरीले नियन्त्रणमा लिनेक्रममा कुटपिट गरेको गुनासोपछि छानबिन समिति गठन गरेको जानकारी दिएका थिए ।

अधिवक्ता भगवती पाण्डे 'शितल' ले तामाङ, मगर समुदायप्रति लक्षित गरी विवाहबारे दिएको अभिव्यक्तिपछि मगर र तामाङ समुदायले साउन १७ गते टेकुमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077