Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटार बैठकमा सहमति नजुटेपछि बाहिरिए देउवा

काठमाडौं । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ ।

तर, बैठकबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक बाहिरिएका छन् ।

दुई घण्टादेखि छलफल बैठकमा अहिलेसम्म कुनै सहमति नभएपछि उनीहरु बाहिरिएका हुन् ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेसहित एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङ र सचेतक महेश बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे छलफलमा छन् ।

एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077