काठमाडौं । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक सुरू भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरू छलफलमा जुटेका हुन् ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी छन्।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सभामुखसहित तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको हो। प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध हटाउनेबारे छलफल भइरहेको छ ।
सुन प्रकरणमा छानबिन समिति बनाउने एमालेको अडानमा हिजो सिंहदरबार र बानेश्वरमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि थप छलफलका लागि आज पुनः जुटेका हुन् । प्रतिनिधिसभा बैठक ३ बजेका लागि बोलाइएको छ ।