Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हुन माने बने कम्बोडियाको नयाँ प्रधानमन्त्री

एजेन्सी । कम्बोडियाको प्रधानमन्त्रीमा हुन माने नियुक्त भएका छन्  । उनलाई कम्बोडियाली राजा नोरोदोम सिहामोनीले सोमबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनी करिब चार दशक कम्बोडियामा शासन गरेका हुन सेनका जेठा छोरा हुन्  । सेनले हालै आफू अब प्रधानमन्त्री नबन्ने र छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।

४५ वर्षीय हुन प्रधानमन्त्री बने पनि उनले आगामी अगस्ट २२ मा संसद्बाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

कम्बोडियामा गत जुलाई २३ मा भएको संसदीय चुनावमा सेनको दल कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले १२५ मध्ये १२० सिट जितेको दाबी गरेको छ । यद्यपि, निर्वाचन आयोगले आधिकारिक रूपमा परिणाम घोषणा यही अगस्ट ९ मा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077