Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रकको ठक्करबाट एक युवतीको मृत्यु

कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एकजना युवतीको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–८ की २३ वर्षीया अनिता चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

उनलाई सोमबार राति करिब २ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–८ कै बडैपुरमा बागमती प्रदेश ०३००१ ख १२७५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

गम्भीर घाइते उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

युवतीलाई ठक्कर दिने ट्रक चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ बस्ने ३० वर्षीय होमबहादर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077