Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका १९ सय २७ जना हवल्दार पदमा बढुवा, को को परे ? [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरीले एकैपटक ठूलो संख्यामा सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस गरेको छ ।

लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया खोल्दै सशस्त्रले सशस्त्र प्रहरी सेवा, साधारण समूह तर्फ सशस्त्र प्रहरी हवल्दारका लागि १९२७ जनाको नाम बढुवा सिफारिस गरिएको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम बढुवा समितिको सोमबारको निर्णयानुसार सशस्त्र प्रहरी सहायक हवल्दारहरुलाई सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी सहायक हवल्दारहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077