Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशका १७ ठाउँमा भारी वर्षा, राप्ती, बबई र कर्णालीमा बहाव बढ्दो

काठमाडौं । देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । गएराति देखि नै भारी वर्षा भइरहेको हो ।

पछिल्लो २४ घण्टादेखि देशका १७ ठाउँमा भारी वर्षा भइरहेको विभागले जनाएको छ। बाँके, बर्दिया, दाङ, चितवन, मकवानपुर, सिन्धुली, बारा, धनुषा र सर्लाही जिल्लाका गरी १७ ठाउँमा भारी वर्षा भइरहेको हो।

भारी वर्षाका कारण बर्दियामा बबइ र रौतहटमा बागमती नदीको जल सतह बढेर खतराको तह पनि पार गरिसकेको छ। बर्दियाको चिपाङ्ग मापन केन्द्रमा बबइ नदीको जलसतह खतराको तह पार गरेर ७.५७ मिटर पुगेको छ। उक्त मापन केन्द्रमा जलसतह ६.८० मिटर पुग्दा खतरा तह पुगेको मानिन्छ।

यस्तै, रौतहटको कर्मैया (पधेरादोभान) मापन केन्द्रमा बागमती नदीको जलसतह ७.३ मिटर पुगेको छ। उक्त मापन मापन केन्द्रमा जलसतह ६.८ मिटर पुग्नुलाई खतराको तह मानिन्छ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कर्णाली, बबइ, पश्चिम राप्ती, राप्ती, नारायणी, बागमती र कमला नदीमा बाढीको जोखिम छ। यी नदीका जलाधार क्षेत्रमा भारी वर्षा भइरहेका कारण दिउँसोसम्म नदीमा जलसतह बढ्ने तथा आकस्मिक बाढी आउने जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077