Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तोसिमा कार्कीको आक्रोश - अरे बाबा, प्रश्न सोध्नलाई सदन त चल्न दिनुपर्‍यो नि !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिसभा सदस्य डा.तोसिमा कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध पारेको भन्दै आक्रोश पोखेकी छिन्।

सोमबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एमालेको अडानको कारण बस्न नसकेपछि सांसद तोशिमाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी हुन्।

तोसिमाले लेखेकी छन्, ‘सदन चल्छ भनेर बोलाउने अनि फेरि बन्द गर्ने, एक दिन हाेइन, दुई दिन हाेइन, पटकपटक यस्तै, सदन कसको हो ? जनताको होईन ? कसका लागि हो ? जनताका लागि होइन ? हामी प्रतिपक्षले सरकारलाई प्रश्न सोध्ने हो, अरे बाबा, प्रश्न सोध्नलाई सदन त चल्न दिनुपर्‍यो नि !’

सदन बन्द गर्नु भनेको झन् सरकारलाई जे गर्दैछस् सब ठिक छ, भन्नु बराबर रहेको उनको भनाइ छ।

उनले एमालेलाई काण्डै-काण्ड छन्, तैँ चुप मै चुप गरौँ भने जस्तै गरेको आरोप लगाएकी छन्। प्रमुख प्रतिपक्षले जति सक्दो चाँडो सदन चलाउनुपर्ने, बहस गर्नुपर्ने र सरकारलाई बिजनेस दिनुपर्ने उनको भनाइ छ।

दिउँसो १ बजेदेखि बोलाएर संसद बैठक चलाउन नसक्ने सरकारको कमजोरीपन भएको उनको टिप्पणी छ। सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077