Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित, श्रृङ्खलामा २–० को अग्रता

एजेन्सी । दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित भएको छ ।

पहिलो टी–२० मा भारत चार रनले पराजित भएको थियो । घरेलु टोली वेस्ट इन्डिजले दोस्रो खेलमा भने दुई विकेटको जित निकालेको हो ।

जितका लागि १ सय ५३ रनको लक्ष्य पाएको वेष्ट इण्डिजले १८ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । जितसँगै घरेलु टोलीले पाँच खेलको टी–२० श्रृङ्खलामा २–० को अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077