Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई आममाफी दिन सकिँदैन, विधेयक परिमार्जन गरौं : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकले गम्भीर प्रकृतिको मानव अधिकार हनन्‌को घटनामा संलग्नहरुलाई आम माफी दिने गरी सरकारले संसदमा पेश गरेको विधेयक परिमार्जन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

मानव अधिकार तथा शान्ति समाजले आइतबार काठमाडौँमा संसदमा प्रस्तुत केही नेपाल ऐन संशोधन विधेयकहरुका सम्बन्धमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सो विधेयक परिमार्जन गरेर अघि बढ्ने बताए ।

मुलुकमा न्याय, शान्ति हुने, हिंसा नहुने, मानव अधिकार रहने, कानुनको शासन पनि जीवित रहने र दण्डहिनता पनि समाप्त हुने ढंगले सो विधेयक संसदबाट पारित गराउने प्रमुख सचेतक लेखकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077