Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु

नेपालगन्ज । नेपालगन्जमा एकै परिवारका ४ सहित ६ जनाको भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा निधन भएको छ ।

त्रिभुवन चोकका वैभव गुप्ता, उहाँकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको निधन भएको हो ।

यसै गरी निलान्स गुप्ता र उहाँकी बहिनी नीति गुप्ताको पनि भारत श्रावस्तीको एकाउन्न भन्ने स्थानमा शनिवार राति भएको दुर्घटनामा निधन भएको छ ।

दुर्घटनामा निधन हुने ६ जना नै नातेदार रहेको प्रहरीले जनाएको छ । दुई परिवारका ६ जनाको निधन भएपछि नेपालगन्ज बजार शोकमा परेको छ ।

वैभव भारत माइतीमा रहेकी पत्नीलाई साथ लिएर फर्किने क्रममा शनिबार नेपाली समयअनुसार साँझ साढे ६ बजे गाडी दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077