Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेसलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

काठमाडौं । जनमत पार्टीले मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउनु पर्ने मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ ।

जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खानको नेतृत्वमा प्रधानमन्त्री निवासमा सो ज्ञापन बुझाइएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेसमा खानेपानीमा देखिएको समस्याको बारेमा आफू जानकार रहेको र खानेपानी तथा सिँचाइको विकल्पको बारेमा सरकारले गृहकार्य गरिरहेको धारणा राखेका थिए ।

ट्याङ्करबाट भए पनि जनतालाई खानेपानीको व्यवस्था गरिने र खानेपानीको अभावले भएको बिरामीको उपचारको व्यवस्था गरिने प्रधानमन्त्री प्रचण्डले आश्वासन दिएको उपाध्यक्ष खानले बताए ।

खानेपानी तथा सिँचाइको समस्या सरकारले दीर्घकालीन रूपमा समाधान गर्न गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले भनेको उनले बताए ।

मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत प्रदान गर्नु पर्ने, विरगञ्जसहितका सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था अविलम्ब गर्नु पर्न, सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्नु पर्न, सिँचाइको लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्नु पर्ने, पानीको अभावले बिरामी परेकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्नु पर्ने, खडेरी सहितका प्राकृतिक प्रकोपहरूको दिगो नियन्त्रणको योजना बनाएर सार्वजनिक गर्नु पर्ने माग सहितको ज्ञापनपत्र जनमत पार्टीले बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077