Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुशासन समितिका सभापति केसीको प्रश्न - राज्यसत्ता नै लुटपाटमा लागेपछि के गर्नुहुन्छ ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले राज्यसत्ता लुटपाट र भष्ट्राचारमा लागेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिमा सभापति समेत रहेका सांसद केसीले यस्तो बताएका हुन् ।

सभापति रहेका केसीले राज्य व्यवस्था समितिको बैठक राख्न सभापति निर्वाचित नभएको अवस्थामा सबै सांसदहरुको जिम्मेवारी बराबरी रहेको बताए ।

सांसद केसीले भने,‘अहिले नेपालको स्थिति धेरै गम्भीर छ, राज्यसक्ता नै लुटपाटमा, भष्ट्राचारमा लागिसकेपछि गर्नुहुन्छ के ? कसलाई थाहा छैन ? यहाँ कुन चाँही पार्टी हो, कुन चाहीँ व्यक्ति हो भन्नु भन्दापनि राज्यसक्ता पुरै लुटपाटमा सामेल भइसकेपछि त के हुन्छ ? तैपनि हामीले त हरेश खानु त भएन । लोकतन्त्र छ र कमसेकम हामीले जनताका बीचमा समसामयिक कुरा गरिरहेका छौँ ।’

शुक्रबार बसेको समितिको बैठकमा विविध कार्यसूची अन्तर्गत सांसदहरुले सुन तस्करी अनुसन्धानको विषयमा सरकारको जवाफ माग्न जोड दिएका थिए । सांसदहरुले गृहमन्त्री र प्रधानमन्त्रीलाई बोलाउन माग गरेका थिए भने समितिको बैठक नियमित गर्न आग्रह गरेका थिए ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी सहभागी थिए । बैठकमा सांसदहरुले ललिता निवास प्रकरण, नक्कली शरणार्थी प्रकरण, विमानस्थल भन्सारको बाटो हुँदै भएको क्वीन्टल बढी सुन तस्करी प्रकरणमा अनुसन्धान फितलो भएको आवाज उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077