Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्व राष्ट्रपति ट्रम्पले भने - चुनावी परिणामलाई उल्टाउने षड्यन्त्र गरेको छैन्, म निर्दोष छु

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावी परिणामलाई उल्टाउने षड्यन्त्र नगरेको जिकिर गरेका छन् ।

अमेरिकाको राजधानी वाशिङ्टन डिसी जिल्ला अदालतमा बिहीबार हाजिर भएका ट्रम्पले आफुविरुद्ध लगाईएका पछिल्ला चारवटा आरोप अस्विकार गरेका हुन् ।

अभियोग रुजु गर्न जिल्ला न्यायाधिश समक्ष हाजिर भएका ट्रम्पले मुद्दामा आफ्नो विवरण रुजु गरिसकेपछि आरोपहरु अस्विकार गरे ।

सन् २०२० को चुनाव र अमेरिकी संसद भवनमा गरिएको आक्रमणसँग जोडिएको यो मुद्दा विपक्षी दलको राजनीतिक अभिष्ठबाट प्रेरित भएको ट्रम्पको आरोप छ ।

यस क्रममा ट्रम्पले आफूमाथि लागेको आरोपमा आफूलाई निर्दो भएको दाबी गरेका छन् । सो सुनुवाइका क्रममा ट्रम्पले अदालतमा निकै कम स्वरमा आफ्नो निर्दोषताको गुनासो गरेका थिए ।

विगत चार महिनामा पूर्व राष्ट्रपति ट्रम्पको आपराधिक प्रतिवादीको रूपमा अदालतमा यो तेस्रो उपस्थिति हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077