Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामाखुसीबाट बेपत्ता बालक दक्षिणकाली खोलामा मृत फेला

काठमाडौं । सामाखुसीमा खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ ।

साउन ७ गते बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि मृत अवस्थामा भेटिएका हुन् ।

सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक मगरको शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । साजन भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्थे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077