काठमाडौं । सशस्त्र प्रहरीका ५० जना नायब निरीक्षक (सई) लाई वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा बढुवा सिफारिस गरिएको छ ।
मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले साधारण समूह, साधारण उपसमूहका ५० जना सईलाई वरिष्ठ सईमा बढुवाको सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी बल, प्रधान कार्यालय बढुवा समितिको सचिवालयका अनुसार शसस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (घ) बमोजिम उनीहरूलाई बढुवा गरिएको छ ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब निरीक्षकहरुले ऐ. नियमावलीको नियम ५५ मा व्यवस्था भए वमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।
