Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरेले भने - निर्माणाधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक भएन

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन् ।

बुधवार सम्बन्धित सरोकारवालासँग निर्माणधिन संसद भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले आफूले केही महिना अघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको पाएको तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भएपनि भौतिक प्रगति उल्लेख्य हुन नसकेको बताए ।

अहिले निर्माणाधिन संसद भवनको भौतिक प्रगति ६६ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको छ । उनले निर्माणको भुक्तानी बढ्दै जाँदा भौतिक प्रगति भने राम्रो नभएको जिकिर गरे ।

सभामुख घिमिरेले हिउँदे अधिवेशन निर्माणाधीन संसद भवनबाट सञ्चालन गर्नेगरी काम गर्न निर्देशन दिएपनि अहिलेसम्मको प्रगतिले हिउँदे अधिवेशन सञ्चालन गर्न नसकिने स्पष्ट रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077