Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम

काठमाडौं । विभिन्न प्रदेशमा आज मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण केही नदी तथा खोलामा बाढीको जोखिम रहेको छ ।

दोलखा, सिन्धुपाल्चोक र आसपास भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना छ ।

महाशाखालेका अनुसार संखुवासभा, सोलुखुम्बु, रामेछाप, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर काठमाडौं, मकवानपुर, रसुवा, लमजुङ, कास्की, पर्वत, पाल्पा, रुपन्देही, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र आसपास भई बहने केही स–साना नदी तथा खोलामा बहाव बढ्नसक्ने पूर्वानुमान रहेको छ ।

यसैबीच, आगामी तीन दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077