काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट बैठक बसिरहेका हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त र लम्पी स्किन रोग नियन्त्रणका विषयमा छलफल हुने बताइएको छ ।