Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदको गतिरोध हटाउन सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था समितिको बैठक

काठमाडौं । प्रतिनिधिसभाको अवरोध हटाउन सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

सभामुख घिमिरेले दिउँसो १२ बजे नयाँ बानेश्वरमा संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन् ।

प्रमुख प्रतिपक्ष दल एमालेको अडानप्रति सत्तापक्ष असहमत भएपछि सरकारकै आग्रहमा सभामुख देवराज घिमिरेले सोमबार बोलाइएको बैठक मंगलबार दिउँसोका लागि सारेका थिए।

१०० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले गत बुधबार संसद बैठकमा अवरोध गरेको थियो।

बैठकमा एमाले सांसदहरुले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गरेका थिए।

तर, सभामुखले शुन्य समयको कारवाही अघि बढाउन खोजेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए। प्रमुख प्रतिपक्षीको अवरोधका कारण साउन १० गतेदेखि सदन चल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077