Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • काठमाडौं महानगरले भन्यो – व्यावसायिक भवनहरुले पार्किङ शुल्क लिए फोन गर्नू

    काठमाडौं महानगरले भन्यो – व्यावसायिक भवनहरुले पार्किङ शुल्क लिए फोन गर्नू

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 570
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ शुल्क लिएको पाइए ठाउँको ठाउँ कारबाही गर्ने भएको छ ।

    काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै व्यावसायिक भवन तथा कार्यालयहरुले पार्किङ वापत शुल्क लिएमा महानरपालिकाको मोबाइल नम्बर ९८५१०५१६१० मा फोन गर्न समेत आग्रह गरेको छ ।



    सो कार्यका लागि महानगरपालिकाले नगर प्रहरीका निरीक्षक धर्म भण्डारी सम्पर्क अधिकृत तोकेको छ ।



    महानगरपालिकाले कुनै पनि व्यावसायिक भवन, कार्यालय, रेष्टुराँ, अस्पताललगायतलाई सेवाग्राहीबाट पार्किङ शुल्क नपाउने नियम लागू गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार