कैलाली । डेढ महिनादेखि घरबाट सम्पर्कबिहीन मन्जु रावलको शव आइतबार फेला परेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जुको अस्थिपञ्जर मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र भेटिएको हो ।
प्रहरीले खोजतलास गर्दा सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २ सय मिटर टाढा खोलामा मन्जुको शरीरको केही भाग कंकाल भएर छरिएको अवस्था फेला परेको हो । आफन्त र माइतीले शवको लुगाका आधारमा मन्जुको पहिचान गरी सनाखत गरेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
डिएसपी चन्दका अनुसार मन्जुको हत्या आरोपमा ४० वर्षीया गोमा रावल, सोही ठाउँकी वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका –६ तोली बस्ने ३७ वर्षीया सरिता रावललाई पक्राउ गरिएको छ ।
पक्राउपछि गोमाले सुरूमा आफू भारतमा बस्ने भएकाले नेपालमै नभएको र मन्जु बेपत्ता भएको विषयमा केही जानकारी नभएको दाबी गरेकी थिइन् । मञ्जुको छोरा बिवेक रावलले वकिललाई भेट्न मसुरीया जान्छु भनि जानु भएको र सोही दिनको साँझबाट आमाको मोबाईल समेत बन्द रहेको हुँदा खोज तलास गरी पाँउ भनि असार १ गते ईलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए ।
उक्त घटनाको अनुसन्धान गर्ने क्रममा मञ्जु रावल र गोमा रावल बिच अंशको बिषयलाई लिएर बिबाद भई रहेको भन्ने समेत खुल्न आई घटना संकास्पद लागी थप अनुसन्धान गर्दै जाँदा सोही बिबादीत जग्गाको बिषयलाई लिएर मञ्जुको हत्या गर्ने योजना बनाइएको खेलेको कैलाली प्रहरीले जनाएको छ ।
साउन १४ गते प्रतिबादी सरिता रावलको वयान तथा उनले देखाएको स्थान जिल्ला मोहन्याल गाउँपालिका ५ स्थित बाँसघारी सामुदायिक वनको सेतीखोर खोलाबाट अन्दाजी २०० मिटर पश्चिम तर्फ खोल्सामा ढुङ्गा मुनी च्यापेर राखेको अवस्थामा केही भाग वरपर छरीएर रहेको हड्डी (कंकालहरु) टुक्रा-टुक्रा फेला परेको हो ।
सोहि हड्डिमा बेरिएर रहेको गुलाबी रंगको कुर्ता शुरुवालबाट मृतक मञ्जुको छोरा बिवेक रावलले आमाको कुर्ता शुरुवाल हो भनि सनाखत गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको बताइएको छ ।
Leave a Reply