Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अडुकियाको कारखाना छाडेर घरमा छापा

काठमाडौँ । करिब सय किलो सुन तस्करीमा मुछिएका विवादास्पद व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मार्दा फेला पार्न नसकी विभागको टोली केही कागजात मात्र लिएर फर्केको छ ।

कमलपोखरीस्थित अडुकियाको घरमा छापा मारेको विभागको टोलीको नजर मालिगाउँस्थित कारखानामा भने परेको छैन ।

हङकङमा कार्यालय खोलेर सुन तस्करीमा लागेका अडुकियाले चाँदीमा मिसाएर सुन तस्करी गरिरहेका थिए । उनले चाँदीमा मिसाएर ल्याएको सुन छुट्याउन मालीगाउँमा कारखाना खोलेको बताइएको छ ।

विभागको टोलीले त्यहाँ नपुगी घरमा मात्रै छापा मारेको एक व्यापारीले बताए । 'उनले विगत लामो समयदेखि चाँदीको कारोबार गर्दै आएको थियो । विमानस्थल भन्सारमा चाँदीको राजस्व तिरेर सुन ल्याउने र काठमाडौंमा छुट्याउने गरिएको थियो,' उनले भने ।

राजस्व अनुसन्धान विभागले खोजी गरिरहेका अडुकियाका बाबुछोराले नै मुलुक छाडेको अनुमान गरिएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077