Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गणमा तानिएका सशस्त्रका इन्स्पेक्टरलाई कारबाहीबाट जोगाएर पुनः बिओपीमा फर्काउन चलखेल !

वीरगन्ज । तस्करी गराएको आरोपमा गणमा तानिएका इन्स्पेक्टरलाई संगठनमा पहुँच र शक्ति केन्द्रको दबाबमा कारबाही नगरी उन्मुक्ति दिएर फेरि बिओपी फर्काउन चलखेल भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) प्रसौनीभाठाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापा शुक्रवार बिहान गणमा तानिएका थिए । तर प्रारम्भिक छानबिनका क्रममा इन्स्पेक्टर घटनामा संलग्न नदेखिएको भन्दै पुनः बिओपी फर्काउन चलखेल भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) का इन्स्पेक्टरले पर्साका नमुदत राँंगाभैंसी तस्कर अलि महम्मद र अलिका भतिज नौसाद आलमसंग मोटो रकम बुझेर लाइन दिएर तस्करी गराएको ठूलो संख्याको राँंगाभैंसी गणको टोलीले नियन्त्रणमा लिएपछि इन्स्पेक्टर थापा गणमा तानिएका हुन ।

प्रसौनीभाठा नाकाबाट राँंगाभैंसी तस्करी भइरहेको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल गण नं। १३ वीरगन्ज पर्साबाट खटिएको टोलीले बिन्दबासिनी गाउँपालिका- ५ स्थित हासवाबाट साउन ११ गते बिहीबार बिहान ११ बजेतिर २६ वटा राँंगाभैंसी बरामद गरेको थियो।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाले घटनाका बारेमा डिएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् ।

छानबिन समितिले प्रतिवेदन बुझाउन बाँकी रहेको बताउँदै एसपी थपलियाले भने, ‘प्रारम्भिक छानबिनका क्रममा इन्स्पेक्टर घटनामा संलग्न नरहेको देखियो, प्रतिवेदन आएपछि दोषी देखिए उनीमाथि कारबाही हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077