Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन

काठमाडौं । कोरियन भाषा परीक्षाको लागि आवेदन खुलेको छ । इपीएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई लैजान आवेदन खुलेको हो ।

पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उमेदवारको छनौट गर्न कोरियान भाषा परीक्षा सञ्चालन गरिने जनाइएको छ।

यहि साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । भाषा परीक्षा आगामी असोज १ गते सोमबारदेखि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077