Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेका युवा नेताको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’सरह पनि छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा नेकपा (एमाले) का युवा नेताको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’सरह पनि नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

कांग्रेसका युवाले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिस्पर्धा गर्ने आँट गरेको उनले उल्लेख गरे ।

तर, एमालेका युवामा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धाका लागि साहस गर्ने आँट नभएको उनको भनाइ छ ।

उनले एमालेका युवालाई पनि संसदीय दलको निर्वाचनमा ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077